You are viewing the translated version of आयोगले खानेपानीको थोक खरिद तथा बिक्री मूल्य निर्धारण गर्ने आधार.
Section 47
आयोगले खानेपानीको थोक खरिद तथा बिक्री मूल्य निर्धारण गर्ने आधार
(१) आयोगले खानेपानीको थोक खरिद तथा बिक्रीको लागि मूल्य निर्धारण गर्दा देहायका विषयलाई आधार लिनु पर्नेछः-
(क) उपभोक्ताको आवश्यकता र सेवाप्रदायकमा पर्ने वित्तीय प्रभाव,
(ख) माग र आपूर्ति बीचको सन्तुलन,
(ग) आयोजनाको लागत,
(घ) सञ्चालन र व्यवस्थापन खर्चको क्षमता र दक्षता,
(ङ) आर्थिक तथा वित्त व्यवस्थापन कुशलतापूर्वक गर्न सक्ने क्षमता,
(च) हिउँद वा वर्षामा हुने फरक मूल्य,
(छ) पानीको गुणस्तर, उपलब्धता र सुरक्षा,
(ज) पानी उपयोगको प्रयोजन (घरेलु, व्यावसायिक, औद्योगिक),
(झ) अप्रशोधित, अर्ध-प्रशोधित वा प्रशोधित पानीको किसिम,
(ज) वातावरणमा पर्नसक्ने प्रभाव ।
(२) उपनियम (१) बमोजिम मूल्य निर्धारण गर्दा सेवाप्रदायक र उपभोक्ता दुवैको हित हुने गरी कम मूल्यमा धेरै उपभोक्तालाई सेवा दिन सकिने अवस्था (अवसर लागत) लाई समेत ध्यान दिनु पर्नेछ।